Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

बिराटनगर । मोरङको विराटनगरबाट ४५ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ गरेका छन् । भारतको अररिया जिल्लाको फारबिसगञ्ज १ का ४५ वर्षीय नारायण साहलाई विराटनगर १५ बाट प्रहरीले पक्राउ गरेको हो ।

भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर ११ एए ६२६५ नम्बरको कारको सुरक्षाजाँच गर्दा सिटमुनी लुकाएर राखेको अवस्थामा सो रकम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारको चालक छेउको सिटमुनीबाट एक हजारको दरको ३४ सय थान, ५ सय दरको २१ सय थान र १ सय दरको ५ सय थान नोट बरामद भएको छ । बरामद भएको नगद, कार र साहलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।सो रकम भारतबाट के कसरी आएको ारे अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed