Breaking News.... EverestOnlineKhabar
September 30, 2026

Loading

बीबीसी । ब्रिटेनका लागि जासुसी गरेको आरोपमा रुसमा लामो समय जेल परेका एक रुसी नागरिक नाम नखुलेको पदार्थका कारण ब्रिटेनमा गम्भीर विरामी परेका छन्।

६६ वर्षीय सेर्गेइ स्क्रिपाललाई सन् २०१० मा रूस र अमेरिकाबीच जासुसी गरेको आरोप लागेपछि ब्रिटेनमा शरण दिइएको थियो।
स्क्रिपाल र ३३ वर्षीय महिला आइतवार सोल्सबरीस्थित किनमेल केन्द्रको एउटा बेन्चमा अचेत अवस्थामा भेटिएका थिए।

प्रहरीको सावधानीपछि सोलोजबरीको एउटा रेस्टुरेन्ट बन्द भएको छ। ती जासुस जुन पदार्थले गम्भीर विरामी भए त्यो के हो भन्ने पहिचान भएको छैन। तर ब्रिटेनको जनस्वास्थ्य संस्थाले त्यसले सर्वसाधारणको स्वास्थमा कुनै खतरा नगर्ने जनाएको छ।

विल्टशायरको प्रहरीले उक्त घटनालाई महत्वपूर्ण भनि व्याख्या गरेको छ र थुप्रै संस्थाहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन्।
युरोपमा भूमिगत रहेका रूसी जासुसहरूको पहिचान ब्रिटेनको गुप्तचर सेवा एमआइसिक्सलाई उपलब्ध गराएको अभियोगमा उनलाई दोषी ठहराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed