Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) मा असहमति जनाउँदै आएको चिनियाँ कम्पनी चाइना थ्री गोर्जेज् कर्पोरेशनका प्रतिनिधिहरूले पश्चिम सेती जलविद्युत् परियोजना अघि बढाउने विषयमा नयाँ चरणको छलफल थालेको नेपाली अधिकारीहरूले बताएका छन्।

लगानी बोर्डका अधिकारीहरुका अनुसार यसै हप्ता काठमाडौं आएको थ्री गोर्जेज्को प्राविधिक टोलीले ७५० मेगावाट क्षमताको पश्चिम सेती निर्माण गर्न पुनः चासो दिएको छ। नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त लगानी सम्झौता गरेको दुई महिना नबित्दै चाइना थ्री गोर्जेज् कर्पोरेसनले विद्युत् खरिद सम्झौता (पीपीए) को दरमा फेरबदल गर्नुपर्ने शर्त राखेपछि पश्चिम सेती निर्माणको विषय अनिश्चित बनेको थियो। तर अहिले फेरी थ्री गोर्गेज् नयाँ चरणको वार्ता गर्दै पश्चिम सेती अघि बढाउन इच्छुक देखिएको हो ।

केही महिनाअघि चाइना थ्री गोर्जेज्सँग भएको लगानी सम्झौतामा प्राधिकरणले हिउँदमा १२ रुपैयाँ ४० पैसा र वर्षामा ७ रुपैयाँ १० पैसाको दरमा बिजुली किन्ने गरी पीपीए दर प्रस्ताव गरेको थियो।

प्राधिकरणले भने पीपीएभन्दा पहिले संयुक्त लगानीका विषयमा चाइना थ्री गोर्जेज् तयार हुनुपर्ने अडान राख्दै आएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमन घिसिङले साँच्चै लगानी गर्न आउने हो भने पहिला संयुक्त लगानीमा कम्पनी दर्ता गर्छौँ भन्नुपर्ने बताएका छन । लगानीमा २५ प्रतिशत नेपालको हुनुपर्ने र निर्माणमा जानुपर्ने उनको भनाइ छ ।

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका विभिन्न पक्षबारे चाइना थ्री गोर्जेज्का प्रतिनिधिहरूले सोमबार पनि प्राधिकरणका अधिकारीहरूसँग छलफल गरेका छन ।

१ खर्ब ९० अर्ब रुपैयाँ लागत पर्ने अनुमान गरिएको पश्चिम सेती आयोजना निर्माणका लागि यसअघि ७५ प्रतिशत चिनियाँ कम्पनीले र २५ प्रतिशत विद्युत् प्राधिकरणले लगानी गर्ने सम्झौता भएको हो।

पश्चिम सेती जलाशययुक्त आयोजना भएकोले बाँध निर्माण तथा बस्ती स्थानान्तरण तथा मुआब्जा वितरण लगायतका चुनौती रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed