![]()
एजेन्सी । जिम्बाबेसंग पराजित भएसँगै नेपालको नेट रनरेट –२.३२० रहेको छ । आइतबार नै भएको खेलमा आफगानिस्तानलाई पराजित गरेको स्कटल्याण्डको ०.३०८ नेट रनरेट रहेको छ । अहिले समूह बी को पुछारमा नेपाल रहेको छ । तर सम्भावना भने सकिएको छैन ।
समूह बीमा नेपालभन्दा सबै राष्ट्र अब्बल छन् । जिम्बावे र अफगानिस्तान टेष्ट नेशन राष्ट्र हुन् भने स्कटल्याण्ड र हङकङ एक दिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । त्यसकारण पनि नेपाल कमजोर मानिएको हो ।
सुपर सिक्समा पुग्नका लागि नेपालले कम्तिमा पनि दुई खेल जित्नैपर्ने हुन्छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा फागुन २४ गते बिहीबार स्कटल्याण्डसँग खेल्दैछ । त्यस्तै, दोस्रो खेलमा नेपालले २६ गते अफगानिस्तानसँग खेल्दैछ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङसँग फागुन २८ गते सोमबार प्रतिस्पर्धा गर्दैछ ।
नेपालले खेल्ने अबको ३ खेलमध्ये २ खेलमा जित हात पारे सुपर सिक्समा पुग्न सक्छ । २ खेलमा जित हात पारेर मात्रै हुँदैन, नेपालले नेट रनरेट पनि सुधार गर्नुपर्ने हुन्छ । समूह ए र बीको शीर्ष ३ मा पर्ने राष्ट्रले सुपर सिक्समा स्थान बनाउने छन् ।
सुपर सिक्समा पुगे नेपालले थुप्रै अवसरहरू प्राप्त गर्नेछ । नेपालको आगामी भविष्य यही प्रतियोगिताले तय गर्ने हुँदा नेपालको लागि यो विश्वकप भन्दा कम छैन ।
जिम्बावे जानुअघि कप्तान पारसले पनिे पहिलो लक्ष्य सुपर सिक्समा पुग्नु रहेको बताएका थिए ।


