Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इटलीमा त्रिशंकु संसद बन्ने, सरकार पटक–पटक फेरबदल भैरहने संकेत

Loading

बीबीसी । इटलीमा सम्पन्न आमचुनावपछि संस्थापन विरोधी फाइभ स्टार मुभमेन्टले आफूले शक्ति सन्तुलनमा योगदान र्पुयाउने सक्ने बताएको छ ।

उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएको छैन र १० वर्षभन्दा कम समयअघि स्थापित फाइभ स्टार सबैभन्दा ठूलो दल बनेको छ । दक्षिणपन्थीहरूको भन्दा उसले कम सीट जितेको छ। तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन्।
फाइभ स्टार मुभमेन्टले गठबन्धन सरकार बनाउने विषय अस्वीकार गरिरहेको छ।

आप्रवासन विरोधी लिग पार्टी वा पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको फोर्त्सा इटालियामध्ये कुन चाहिँ गठबन्धनभित्रको सबैभन्दा ठूलो दल बनेको छ भन्ने स्पष्ट भइसकेको छैन ।

सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed