Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ओली र प्रचण्ड मिल्दैमा पार्टी एकता नहुने स्पष्ट संकेत, खनाल र नेपालले दिए झट्का

Loading

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकलौटीरुपमा अघि बढेपछि बामगठवन्धन संकटमा परेको छ । पार्टी एकताका लागि ७ बुँदे सहमति पत्र जारी गरेपनि पद मिलान, पद र शक्तिको बाँडफाँड लगायतका बिषयमा कुरा नमिलेपछि एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको समूह बिच्किएको छ । यो कुरा शनिवार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा झन पुष्टि भयो । बैठकमा खनाल र नेपाल दुवै जना अनुपस्थित रहे ।

पार्टी एकताको घोषणासँगै चुनावी तालमेल पछि प्राप्त झन्डै दुई तिहाई बहुमतका साथ सत्तारोहण र पार्टी एकताको प्रारम्भिक आधार तय भएपछि बोलाइएको एमाले र माओवादको पहिलो संसदीय दलको बैठकमा खनाल र नेपाल अनुपस्थित हुनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।
बैठकमा उपस्थिति कतिपय सांसदले उनीहरु अनुपस्थित हुनुलाई पार्टी एकता पछिको आ–आफ्नो पदीय हैसियत र भूमिकाको सुनिश्चितता प्रष्ट नहुनुको रूपमा अथ्र्याएका छन् ।

बैठकमा सहभागी एमालेका एक नेताले भने, ‘वाम एकताका लागि ऐतिहासिक मानिएको यो बैठकमा उहाँहरुको अनुपस्थितलाई सामान्य मान्न सकिन्न । जबकी यो बैठक नेतृत्व तहबाट पहिले नै तय भएको थियो । यसले गठबन्धनका अन्य सांसदमाझ मात्र हैन आम जनतामा पनि राम्रो सन्देश जाने छैन ।’ त्योसो त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलिले बैठकमा सांसदलाई सम्बोधन गर्दा मुलुकका समसामयीक समस्याको फेहरिस्त प्रस्तुत गरे तर पार्टीका एकताकाबारे धेरै कम बोले । जबकी पार्टी एकता र भविष्यको मार्ग्चित्रबारेमा प्रष्ट र दूरगामी निर्देशन दिने अपेक्षामा सांसद थिए ।

सम्बोधनका क्रममा ओलिको तुलनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संवोधन बढी राजनीतिक र पार्टी एकतासँग केन्द्रित थियो ।

वरिष्ठ नेता खनालले राष्ट्रपतिमा दाबी गरेपनि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले बर्तमान राष्ट्रपति बिद्या भण्डारीलाई नै दोहर्याउने तयारी गरेपछि खनाल र नेपाल बिच्किएका हुन । एमाले उपाध्यक्ष बामदेव गौतमले समेत होलीको दिन पार्टी निकट युवा नेता तथा कार्यकर्ताहरुसंग कुरा गर्दै राष्ट्रपतिमा खनाल उपयुक्त पात्र भएपनि अध्यक्ष ओलीले सहयोग नगर्ने स्पष्ट शब्दमा बताएका थिए । यसबाट गौतम पनि ओलीसंग चिढिएको देखिन्छ । उनले खनाललाई राष्ट्रपति बनाउनमा आफूले सम्पूर्ण शक्ति लगाउने समेत बताएका थिए । प्रदेशमा मुख्यमन्त्रीदेखि लिएर केन्द्रमा मन्त्री छनौटसम्म ओलीले एकलौटी गरेको भन्दै उपाध्यक्ष गौतमले ओलीलाई आँखा चिम्लिएर प्रचण्डले समर्थन गरिरहेकोमा आश्चार्य प्रकट गरेका थिए ।

शनिवारको बैठकमा नेता खनाल र नेपाल अनुपस्थित भएपछि अध्यक्ष ओली र प्रचण्ड गम्भीर भएका छन । पार्टीका सिनियर नेताहरुलाई पन्छाएर पार्टी एकता गर्दा भूँइको टिप्ने सुरमा कतै पोल्टाको त खस्ने होइन भन्ने चिन्तामा ओली परेका छन । यस्तोबेला धेरैजसो पार्टी स्थायी कमिटी सदस्यहरुले खनाललाई राष्ट्रपतिमा समर्थन गर्न दबाब दिइरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed