![]()
बीबीसी । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले च्याम्पियन्स लिगमा हुने पेरिस सेन्ट जर्मेनविरुद्धको खेल चुनौतीपूर्ण हुने बताए । उनले चोटग्रस्त भएर पिएसजीका स्टार खेलाडी नेयमार मैदान बाहिर भएपनि पिएसजीसंगको खेल सहज नहुने धारणा राखे ।
रियल मड्रिडले पहिलो लेग ३–१ ले जितेको छ र, दोस्रो लेगमा पीएसजीका स्टार स्ट्राइकर नेइमार हुने छैनन् । उनको ब्राजिलमा खुट्टाको अपरेसन गरिएको छ ।
‘पीएसजी बलियो टोली हो र जसले नेयमारको ठाउँ लिनेछन, उनी पनि राम्रो हुनेछन’ जिदानले भनेका छन ‘हामीलाई लाग्दैन कि नेयमार विना सहज हुनेछ ।’
उनका अनुसार खेलाडीहरुले पीएजीकै खेलबारे सोचेका छन् । ‘तर, मंगलबारको खेल अघि हामीले गेटाफेविरुद्ध राम्रो खेल्नुपर्छ’ उनले भनेका छन् ।


