Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सीटीद्वारा आर्सनल ३–० ले पराजित

Loading

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सीटीले आर्सनललाई ३ – ० ले हराएको छ ।यसै साता सिजनको पहिलो उपाधि काराबाओ कप जितेको सीटीले आर्सनललाई उसैको मैदानमा हराएको हो ।

सीटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लोरी सानेले समान एक एक गोल गरे । काराबाओ कपको फाइनलमा सीटीले आर्सनललाई नै ३ – ० ले हराएको थियो ।

यो जितसँगै सीटीले २८ खेलबाट ७५ अंक जोडेको छ । सीटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकले अग्रता बनाएको छ । युनाइटेडको २८ खेलबाट ५९ अंक रहेको छ । पराजित आर्सनल ४५ अंक जोडेर छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed