Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आयातमा कर बढाउने ट्रम्पको घोषणापछि बिश्व तरंगित, अन्तर्राष्ट्रिय मुद्रा कोष असन्तुष्ट

Loading

एजेन्सी । अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील तथा एल्युमिनियमको आयातमा करहरु बढाइने घोषणा गरेका छन्।
ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीहरुसंगको बैठक पछि बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको नाम त लिएनन, तर विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताए। उनले, उनकै शब्दमा, दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा एल्युमिनियम उद्योगहरुलाई फेरि पुनर्स्थापित गरिने बताए।

उनले आउँदो साता इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर लगाउने आदेशमा आउँदो साता आफुले सही गर्ने अपेक्षा गरेको पनि जनाए।

विश्लेषकहरु भन्छन, अमेरिकाले त्यस्तो निर्णय लिएमा चीनले पनि बदलामा अमेरिकी उत्पादनहरुमाथि कर बढाउने घोषणा गर्नसक्छ। त्यस्तै सो घोषणाले क्यानडाजस्ता अमेरिकाका निकट सहयोगीहरुसंगको संबन्ध पनि बिग्रन सक्छ।

गत महिना वाणिज्य मन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाएको थियो । अमेरिकाले सबैभन्दा बढी इस्पात क्यानडाबाट किन्दछ। त्यस्तै ब्रजील, दक्षिण कोरिया, मेक्सिको र रुसले पनि अमेरिकालाई इस्पात बिक्री गर्दछन्।

अमेरिकाले जति इस्पात निर्यात गर्दछ, त्यो भन्दा चार गुनाबढी आयात गर्दछ। आफ्नो राष्ट्रपतीय चुनावी अभियानका क्रममा र चुनाव जितीसकेपछि पनि राष्ट्रपति ट्रम्पले सस्तो चिनियाँ आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताउँदै आएका थिए।

गत वर्ष राष्ट्रपति ट्रम्पले इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको छ कि छैन भन्नेबारे अनुसन्धान गर्न वाणिज्य मन्त्री विल्बुर रसलाई आदेश दिएका थिए।

ट्रम्पको यो घोषणापछि अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत बिभिन्न देशहरुले यसको नकारात्मक अशर पर्ने चेतावनी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed