![]()
एजेन्सी । विश्व नम्बर एक रोजर फेडेररले वर्ल्ड स्पोर्टसम्यान २०१७ अवार्ड जितेका छन् । २० पटक ग्राण्ड सलाम उपाधि जितेका फेडेररले रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर २०१७ अवार्ड जितेका हुन् ।
उनले यो अवार्डमा पुनरागमन गरेका हुन् । ३६ वर्षे स्वीस टेनिस खेलाडी फेडेररले वर्ष २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।
अवार्ड लिएपछि आफू फेरि यो स्तरमा आउँछु भन्ने कहिले नसोचेको फेडेररले बताएका छन् । अवार्ड आफ्ना लागि विश्व नै रहेको उनले बताए ।
कमब्याक जहिले पनि भावनात्मक हुने र गएका वर्ष आफ्ना लागि सपना विपनामा परिणत भए जस्तै रहेका फेडेररको भनाई छ । गएको वर्ष २३ औँ ग्राण्ड सलाम जितेकी अमेरिकी सेरेना विलियम्सले वर्ल्ड स्पोर्टसविमेन अवार्ड जितिन् ।


