Breaking News.... EverestOnlineKhabar
August 10, 2026

Loading

बीबीसी । साउदी अरेबियाका राजा सलमानले सेना प्रमुखसहित उच्च सैन्य कमाण्डरहरूलाई बर्खास्त गरेका छन ।
राजा सलमानले हवाई फौज र रक्षाबलका प्रमुखलाई समेत पदबाट हटाएका छन्। साउदीको यो शाही निर्णयबारे त्यहाँको साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित गरेको थियो तर सेनाका उच्च अधिकारीहरूलाई बर्खास्त गर्नुको कारण भने उक्त समाचारमा उल्लेख गरिएको छैन।

यमनमा युद्ध शुरू भएको तेस्रो वर्षको अन्त्य हुन लाग्दा साउदी अरेबियाले यस्तो निर्णय लिएको छ जसको नेतृत्वको गठबन्धनले यमनको विद्रोहीहरूविरुद्ध लडिरहेको छ।

साउदी अरेबियामा हालै भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमान रहेको ठानिएको छ।
गत वर्ष शक्तिको दुरूपयोग गरेको र भ्रष्टाचार गरेको आरोपमा मन्त्रीहरू, राजकुमारहरू र अर्बपतिहरू लगायत दर्जनौं प्रभावशाली व्यक्तिहरूलाई रियादस्थित पाँच तारे होटलमा नियन्त्रणमा राखिएको थियो।

सेना प्रमुख जेनेरल अब्दुल रहमान बिन सालेह अल(बुन्यन पनि हटाइएका मध्ये एक हुन्। बर्खास्त गरिएका थुप्रै सैन्य अधिकारीहरूको ठाउँमा अन्यलाई नियुक्त गर्न अघि सारिसकिएको छ। शाही निर्णय अन्तर्गत थुप्रै राजनीतिक नियुक्तिको घोषणाहरू पनि भएका छन्। जस अन्तर्गत विरलै हुने महिलाको नियुक्ति पनि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed