Breaking News.... EverestOnlineKhabar
August 9, 2026

पुटिनको निर्देशनपछि सिरियाको घुटामा ५ घण्टा ‘आक्रमण बन्द’

Loading

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवारदेखि सिरियाको पूर्वी गुटा इलाकामा दैनिक पाँच घण्टा हवाई हमला बन्द गरिने जनाएका छन्।

राजधानी दमास्कस नजिकै विद्रोहीहरुको नियन्त्रणमा रहेको उक्त इलाकामा झण्डै चार लाख सर्वसाधारण युद्धको चपेटामा परेको ठानिएको छ । त्यहाँ रुसी मद्दतबाट सिरियाली सैन्यले भीषण हवाई हमला गर्दै आएका छन्।

एउटा चिकित्सा सहायता समूहका अनुसार आठ दिन अघि देखि भएको सरकारी आक्रमणमा ५६० जनाभन्दा बढीको ज्यान गइसकेको छ।
रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले हमलामा ’मानवीय रोक’ स्थानीय समय अनुसार बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म रहनेछ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शनिबार देशभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो। तर युद्धविराम शुरु गर्ने कुनै प्रारम्भिक मिति चाहिँ दिइएको थिएन।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको नर्कजस्तो स्थिति अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका थिए । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको ’नर्कजस्तो स्थिति’ अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका थिए।

विद्रोही नियन्त्रित उक्त क्षेत्रमा सरकारी फौजले आक्रमण जारी राखिरहँदा उनको यस्तो टिप्पणी आएको हो । त्यहाँ भएको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १० जना नागरिक मारिएको बताइएको छ।

उक्त स्थानमा रहेका स्वास्थ्यकर्मीहरुले क्लोरिन ग्यासले निम्त्याउने जस्तै लक्षणहरु देखिएको बताएका छ्न् । यदि युद्धविराम भए राष्ट्रसंघले पूर्वी गुटासम्म खाद्य सामग्री र औषधि र्पुयाउन तत्पर रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed