![]()
काठमाडौं । सर्वा्धिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेट प्रतियोगितालाई जगदम्बा ईन्टरप्राइजेजको जगशक्ति टीएमटी बारले सहप्रायोजन गरेको छ । डीपीएल र जगशक्ति टीएमटी बारबीच मंगलबार काठमाडौंमा सम्झौता भएको हो ।
सम्झौताअनुसार जगशक्ति टिएमटी बारले डीपीएललाई १० लाख नगद प्रदान गर्नेछ । यसअघि पहिलो संस्करणको डीपीएलको मुख्य प्रायोजकको रुपमा जगशक्ति टिएमटी बार रहेको थियो ।
फागुन ९ गते अक्सनबाट सबै टिमले ११ जना खेलाडी र एक रणनीतिक खेलाडी गरी १२ जना खेलाडी लिइसकेका छन् । यसपटक डीपीएल–२ को टिममा काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी रहेका छन् ।
डीपीएलको नियमअनुसार अब सबै टिमले २ विदेशी खेलाडी आफ्नो टिममा राख्नेछन् ।
धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुनेछ ।
दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् ।


