Breaking News.... EverestOnlineKhabar
September 28, 2026

पार्टी एकता सम्बन्धी काम गर्न बामगठवन्धनद्वारा थप दुई समिति निर्माण

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको विधान मस्यौदा कार्यदलले थप दुई वटा समिति गठन गर्ने निर्णय गरेको छ । कार्यदलको मंगलबार बसेको बैठकले एकीकृत पार्टीको विधान मस्यौदा गर्न समिति गठन गरेको हो ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा संयोजक एवं गृहमन्त्री रामबहादुर थापा ’बादल’को अध्यक्षतामा बसेको बैठकले पेशागत र सामुदायिक प्रतिष्ठान एकीकरणका लागि नीति र विधान तयार पार्न गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै अन्तरिम विधानको प्रारम्भिक प्रस्ताव तयार पार्न वर्षमान पुन र वेदुराम भुषाल सदस्य रहेको समिति गठन गरेको छ। समितिलाई प्रतिवेदन तयार गर्न एक साताको समय दिइएको छ।

कार्यदलको अर्को बैठक २२ गते बस्ने र सोही बैठकमा दुवै समितिले प्रतिवेदन पेश गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed