Breaking News.... EverestOnlineKhabar
August 10, 2026

Loading

काठमाडौं । पूर्व युवराज पारस शाहलाई काठमाडौंमा मंगलबार पञ्चेबाजी बजाई स्वागत र सम्मान गरिएको छ । टोपी र दौरा सुरुवालसहित देखा परेका शाहको सम्मानमा स्थानीयवासी एवम राजसंस्था समर्थकहरुले ठूलै तामझाम गरेका थिए ।

१२ वडाका राष्ट्रवादी समूहको आयोजनामा पारसलाई टेकुमा रहेको पचली भैरवमा पूजाका लागि निमन्त्रणा गरिएको थियो। बिहान ११ बजेपछि आएका पारसलाई मन्दिर परिसरमा रातो कार्पेट बिछ्याई, पन्चेबाजा बजाई स्वागत गरिएको हो ।

उनका समर्थकहरुले राजा आऊ देश बचाऊको नारा लगाएका थिए। समर्थकहरुले राजदण्ड र पारसको फोटोसहितको ब्याच बनाएर बाँडेका थिए।

पूर्व युवराज शाह यसअघि माघ १६ गते उनी पशुपति मन्दिरमा पूजाआजाका लागि पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed