![]()
रूपन्देही । राप्रपा अध्यक्षसमेत रहेका खेलाडी कमल थापा जित ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को फाइनलमा पुगेका छन ।
बुटवल लनटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा नरेन्द्र सिंहलाई पराजित गर्दै कमल थापा फाइनलमा प्रवेश गरेका हुन । उनले सेमिफाइनलमा सिंहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरे ।
थापाले उपाधिका लागि सोमबार कृष्ण घलेसँग प्रतिश्पर्धा गर्नेछन् । देशैभरका विभिन्न क्लब, विभागीय टोली र खेलाडीको जमघट रहेको प्रतियोगितामा ८६ खेलाडीले सहभागिता जनाएका छन् ।


