Breaking News.... EverestOnlineKhabar
August 11, 2026

उद्योग वाणिज्य संघ सुर्खेतद्वारा ‘डिजिटल अभियान’ प्रारम्भ, पहिलो चरणमा ‘यू ट्युब च्यानल’

Loading

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ ।
सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यू ट्युब च्यानलको शुभारम्भ गरे ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा यहाँका जनता रहनुपर्नेमा उनले जोड दिए ।
सुर्खेत उद्योग वाणिज्य संघको यू ट्युब च्यानल संघका हरेक गतिविधिलाई डिजिटल प्रविधिमार्फत बाहिर ल्याउनका लागि सञ्चालन गरिएको संघका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed