![]()
बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले समग्र प्रदेशको विकासका लागि स्पष्ट दृष्टिकोण अघि सारेका छन । गरिबी निवारण कोषद्वारा आइतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले कृषि, पर्यटन र जलश्रोतको विकास गरेर प्रदेश १ लाई समृद्ध बनाउने बताएका हुन ।
उनले विकासको तीनखम्बे अर्थनीति अघि बढाउने आफनो योजना रहेको समेत स्पष्ट पारे । मुख्यमन्त्री राईले प्रदेश नम्बर १ मा विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोष पनि त्यहीअनुुरुप परिचालन हुनुपर्ने बताए ।
उनले प्रदेशमा लगानी र श्रोतको प्रशस्त सम्भावना रहेकाले त्यसलाई तीनखम्बे अर्थनीतिअनुरुप सहि सदुपयोग गरेर प्रदेश नम्बर १ लाई समृद्धि र सम्पन्न बनाउनेतर्फ प्रदेश सरकार लाग्ने जानकारी दिए ।


