Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

विराटनगर । व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा एमाले निकट विराटनगरका एलिस गुरुङ पक्राउ परेका छन्। एक महिनाअघि पेट्रोल पम्प व्यवसायी एवं गुद्री बजार सब्जीमण्डी संघका अध्यक्ष पशुपति भगतमाथि गुरुङले आक्रमण गरेको र त्यसपछि भगतमाथि विभिन्न किसिमले धम्की दिँदै आएको भन्ने आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो।

ब्यवसायी भगतमाथि सांघातिक हमला भएपछि गुरुङ फरार थिए । भगतको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जग्गा खरिदबिक्रीका क्रममा भगत र गुरुङबीचको विवाद आक्रमणमा परिणत भएको हो। आक्रमणपश्चात भगतले गुरुङमाथि ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी दर्ता गराएका थिए। उक्त मुद्धा फिर्ता लिन गुरुङले पटक पटक ब्यवसायी भगतमाथि धम्की दिँदै आएको प्रहरीको भनाइ छ ।

पछिल्लो २ दशकयता विराटनगरको गुण्डागर्दीका घटनाक्रममा गुरुङ पटकपटक मुछिँदै आएका छन्। सम्पत्ति शुद्धीकरणको मुद्धा खेपिरहेका गुरुङ एमालेका कार्यकर्ता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed