![]()
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनालाई ६ – १ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको फराकिलो जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । जिरोनाका क्रिस्टियन पोर्टूले सान्त्वना गोल गरे ।
यो जितसँगै बार्सिलोनाले लिगको उपाधि होड कायम राखेको छ । जितपछि बार्सिलोनाले २५ खेलबाट ६५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अघि रहेको छ । एक खेल कम खेलेको एथ्लेटिकोको ५५ अंक छ । पराजित जिरोना ३५ अंक जोडेर लिगको नवौं स्थानमा छ ।


