Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोली बिश्वकप छनोट खेल्न शनिवार राती जिम्बावे जाँदै

Loading

काठमाडौं । मार्च ४ बाट जिम्वावेमा सुरु हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली शनिवार राती जिम्वावे जाँदैछ।

पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली र ५ अफिसियल अफ्रिकन राष्ट्र जिम्वावे जाँदैछन । नेपाली टोली स्थानीय समयअनुसार आइतवार साँझ ५ बजे जिम्वावे पुग्नेछ ।

नेपालबाट १४ खेलाडी, हेड कोच, म्यानेजर, ब्याट्रिङ कन्सलट्यान्ट, फिजियो, ट्रेनर र भिडियो एनालिस्ट जाँदैछन । यस्तै टोलीमा रहेका खेलाडी शरद भेषावरक भने हाल अमेरिकामा छन् । उनी उतैबाट जिम्वावे आउने छन । शरद गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका गएका हुन्।

नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै नेपाल वान डे वर्ल्ड कपको क्वालिफायरमा छनोट भएको हो।
क्वालिफायरमा समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्वावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ। दुवै समूहको शीर्ष ३ मा रहने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसपछि शीर्ष दुई स्थान हात पार्ने टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वर्ल्डकपमा छनोट हुनेछ।

नेपाली टोलीलाई शुक्रवार प्रधानमन्त्री केपी ओलीले बिदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.