Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानन्यायाधीशबिरुद्ध केसी पुनः सडकमा ओर्लिए, पराजुलीलाई पदबाट निकालेरै छोडने अठोट

Loading

काठमाडौं । प्रा. डा. गोविन्द केसी प्रधानन्यायाधीश गोपाल पराजुलीबिरुद्ध पुनः सडकमा ओर्लिएका छन । सर्वोच्च अदालतको फैसालपछि करिब एक महिना मौन बसेका डा. केसी पुनः आफना समर्थकसहित प्रदर्शनमा उत्रिएका हुन । डा. केसी र उनका समर्थकहरुले शनिवार माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन ।

प्रदर्शनकाक्रममा बोल्दै डा. केसीले भ्रष्ट प्रधानन्यायाधीशबिरुद्ध बोल्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताए । उनले कुनैपनि हालतमा प्रधानन्यायाधीश पराजुलीलाई पदबाट निकालेरै छाड्ने उद्घोष पनि गरे ।

डा. केसीले आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘प्रधानन्यायाधीशले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो ।’

डा. केसीले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको आरोप लगाए । उनले भने, प्रधानन्यायाधीश भएर विचाराधीन मुद्दामा (नागरिकता) देखाउनु नै अदालतको अवहेलना हो । उनलाई जेल चलान गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.