![]()
बीबीसी । म्यानमारमा रोहिंंग्या मुस्लिमहरुका ५० भन्दा बढी गाउँ डोजर लगाएर ध्वस्त पारिएको छ । मानवअधिकारवादी संस्था ह्युमन राईट्स वाचका अनुसार हिंसाग्रस्त रखाईन प्रान्तका ५० भन्दा बढी गाउँका हजारौं घर सरकारी सेनाले बुलडोजर लगाएर ध्वस्त पारेको हो ।
म्यानमारको मुस्लिम बाहुल्य रखाईन प्रान्तमा सरकारी सेनाको ज्यादती सहन नसकेर अघिल्लो वर्षदेखि ५ लाखभन्दा बढी मानिस आफ्नो थातथलो छाडी बंगलादेश र अन्य छिमेकी मुलुक पलायन भइसकेका छन् ।
विस्थापितहरुलाई देश फर्काउने कूटनीतिक पहल भईरहँदा उनीहरुको गार्उ नै सखाप पारिएको छ । ह्युमन राईट्स वाचका अनुसार अपराधस्थलको रुपमा संरक्षण गरेर राख्नुपर्ने गाउँहरुको प्रमाण मेटाउने उद्देश्यले ध्वस्त पारिएको जनाइएको छ ।
रखाईन प्रान्तमा मुस्लिम विद्रोहीले एउटा प्रहरी चौकीमा आक्रमण गरेपछि सेनाले प्रतिकार गरेको थियो । यो हिंसामा परि हजारौं रोहिंग्याले ज्यान गुमाइसकेका छन् ।


