![]()
काठमाडौं । नेपाली कांग्रेसले बर्तमान सरकारका प्रत्येक गतिविधिको निगरानी गर्न छाया सरकार बनाउने गृहकार्य प्रारम्भ गरेको छ । शनिवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको संसदीय दलको बैठकमा संसद्मा छाया सरकार बनाउने निर्णय भएको हो । सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्न छाया सरकार बनाउने तयारी भैरहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।
कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ ।
प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको छ ।
छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छाया सरकार गठन प्रदेश स्तरमा पनि गरिने नेता गगन थापाले जानकारी दिए ।


