![]()
काश्की । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ ।
पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेशन ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगद एकलाखसहित सम्मानपत्रबाट केसीलाई सम्मानित गरेका हुन । सम्मानपछि बोल्दै मन्त्री बस्नेतले प्रदेश नं ४ लााई खेलकुदको पूर्वाधारमा प्रदेश सरकारले विशेष प्राथमिकतामा राखिएको बताए । साथै केसीले सञ्चालन गरेको राईजिङ क्रिकेट एकेडेमीलाई एक वर्षको लागि आवश्यक क्रिकेट किट समेत सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
नामिवियामा आयोजित आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको खेलमा करण केसीले चमत्कारी ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए ।
अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रनको खाँचो थियो । स्ट्राईकमा रहेका करणले चार वल डट खेले । अन्तिम दुई बलमा ८ रन चाहियो । पाँचौ बलमा उनले छक्का हिर्काए । जितको लागि एक बलमा २ रन आवश्यकता पर्यो । अर्को बल वाईड हुन पुग्यो । म्याच टाई भयो । अन्तिम बलमा एक रन लिदैं १९५ रनको लक्ष्य नेपालले पुरा र्गयो । करन र सन्दिपले अन्तिम विकेटका लागि ५० रन भन्दा बढीको साभेदारी नेपाली क्रिकेट इतिहासमै कोशेढुंगा बन्न सफल भएको छ ।


