Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

काठमाडौं । नेपालमा पोइन्ट अफ सेल (पीओएस) अर्थात् स्वाइप मेसिनको संख्या १२ हजार भन्दा बढी पुगेको छ। सक्षम–एक्सेस टू फाइनान्सले यो तथ्याङ्क देखाएको हो ।

नेपालमा पछिल्लो समय बनेका ठुल्ठूला मल, होटल, एयरलाइन्स, ट्रेकिङलगायत कम्पनीमा यस्तो मेसिनको प्रयोग बढ्दो छ । यसले एकातिर पीओएस मेसिनको प्रयोगलाई बढाएको छ भने अर्कोतर्फ डिजिटल कारोबारका लागि प्रोत्साहन गरेको देखिएको छ ।
अहिले त, भाटभटेनीलगायत सुपर मार्केटमा एकै ठाउँमा दर्जनको संख्यामा यस्ता मेसिनको प्रयोग भइरहेको छ। भाटभटेनीमा जुन रूपले पीओएस मेसिनको प्रयोग भएको छ त्यसले मानिसमा यसप्रति विश्वास पलाएको सरोकारवाला बताउँछन ।

के हो पीओएस मेसिन ?
पीओएस मेसिन क्यासलेस कारोबार गर्ने माध्यम हो। यसका माध्यमबाट ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन्। दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोर, ठुल्ठूला सपिङ मल, होटल, हवाई टिकट सिनेमा हललगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानमा यो मेसिन प्रयोग गर्न सकिन्छ।

एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ। यसले पैसा हराउने, लुटिनेलगायत समस्याबाट पनि बचाउँछ। यस किसिमको कारोबार बढ्दै गयो भने राष्ट्र बैंकलाई नोट छापिरहनु पर्दैन। नोट छाप्दा बिदेसिने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed