Breaking News.... EverestOnlineKhabar
September 30, 2026

च्याम्पियन्स लिगमा बार्सिलोना र चेल्सीबीच १–१ गोलको बराबरी

Loading

एजेन्सी । युरोपियन च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा बार्सिलोना र चेल्सीले १–१ बराबरी खेलेका छन् । बार्सिलोनका लागि लियोनल मेसीले पहिलो पटक चेल्सी विरुद्ध गोल गरेका हुन ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विलियनले गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। ६२औँ मिनेटमा एडेन हाजार्डको पासमा विलियनले गोल गरेका थिए।

लियोनल मेसीले ७५औँ मिनेटमा कप्तान आन्द्रेज इनेस्टाको पासमा बराबरी गोल गरे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पहिलो लेग बराबरीमा सकियो।

यस्तै जर्मन क्लब वायर्न म्युनिखले १० खेलाडी रहेर खेलको अन्त्य गरेको टर्किस क्लब बेसिकटासलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed