Breaking News.... EverestOnlineKhabar
August 12, 2026

जिम्बाबेमा बिश्वकप छनोट खेल्ने नेपाली खेलाडी यस्ता छन

Loading

काठमाडौं । जिम्बाब्वेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरिएको हो ।

घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् ।

वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।

यही फागुन २० गतेदेखि सुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन् ।

नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बाब्वेसँग खेल्नेछ भने दोस्रो खेल फागुन २४ गते स्कटल्यान्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङकङसँग खेल्नेछ ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed