Breaking News.... EverestOnlineKhabar
August 11, 2026

प्रहरीको कारवाहीमा प्रहरी, ललितपुर प्रहरी प्रमुख एसएसपी ऐरले के यस्तो अचम्म गरे

Loading

काठमाडौं । प्रहरी नियमावली विपरित काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रमुख एसएसपी गणेश ऐरलाई स्पष्टीकरण मागेको छ ।

ललितपुरका दीलिप डंगोल र उनकी श्रीमती नीता डंगोललाई अपहरण गरेको अभियोगमा पुल्चोक प्रहरी प्रभागले रवीन्द्र सिंहलाई कात्तिक २४ गते पक्राउ गरी हिरासतमा राखेको थियो। आर्थिक लोभमा परि लेनदेनको विषयलाई अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर मुद्दा किन चलाइयो? भन्दै मुख्यालयले एसएसपी ऐरलाई स्पष्टीकरण सोधेको हो ।

के कस्ता कारणले यस्तो गल्ती भयो? यसबारे स्पष्ट पार्न भन्दै ऐरलाई प्रहरी प्रधान कार्यालयले लिखित स्पष्टीकरण माग गरेको हो ।
यही घटनामा जोडिएका प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थीलाई यसअघिनै निलम्बनको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्रचार गरेको बुझिएको छ ।

प्रहरीले सिंहलाई अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दायर गरी अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको थियो। तर, जाहेरीवालाले नै आवेशमा आएर जाहेरी दिएको भन्दै आफू अपहरण नपरेको र कसैले आफूलाई बन्धक नबनाएको भनी प्रहरीसमक्ष निवेदन दिएपछि यस्तो कुरा बाहिर आएको थियो।

आरोपित सिंह र डंगोल दम्पतीबीच पहिलेदेखिनै आर्थिक लेनदेनको कारोबार हुँदै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed