Breaking News.... EverestOnlineKhabar
August 12, 2026

एमाले–माओवादी एकताः बैंककबाट फर्केपछि ओली एकताप्रति उदासिन भएको माओवादीको आरोप

Loading

काठमाडौ।फागुन ।
एमाले नेताहरुले दुई पार्टी एकता वार्ता सकारात्मक ढंगले अघि बढेको बताइरहँदा माओवादीका शीर्ष नेताहरुमा चाहिँ छटपटी देखिने गरेको छ । केपी ओलीले एकता नचाहेका त होइनन् भन्दै माओवादी नेताहरु झस्किने गरेका छन् । केपी ओली बैंकक गएर फर्केपछि एकताप्रति उदासीनजस्तो देखिएको माओवादी केन्द्रका एक उच्च नेताले बताएका छन् । ती नेताले भनेः‘ओलीजी बैंकक गएपछि केही फेरिएको हामीले महसुस गरेका छौं । उहाँले त्यहाँ केही भारतीयलाई भेटेको हामीलाई आशंका छ ।’
बुधबारको छलफलमा एमाले नेताहरु जबजप्रति कडारुपमा प्रस्तुत भएपछि प्रचण्डलाई रातभरि निद्रा नलागेको एक माओवादी नेताको दावी छ । यसैबीच,एमाले र माओवादीवीच घनीभूतरुपमा चलिरहेको एकता वार्ताबारे २४ घण्टामा फरक–फरक समाचार आउन थालेका छन् । कहिले कुरा मिलिसक्यो भन्ने समाचार आउँछन् त कहिले कुरो बिग्रियो भन्ने समाचार आउँछ ।
एमाले र माओवादीवीचको एकता प्रक्रिया कहाँनेर अड्किएको हो प्रश्नमा एमालेका एकजना माथिल्लो तहका नेताले भनेः‘एकता प्रक्रिया अड्किएको छ भन्ने नै म मान्दिनँ । स्वाभाविकरुपमा यसले समय लिन्छ र लिइरहेको छ । तर, सबै कुरा सकारात्मक ढंगबाटै अघि बढिरहेको छ ।’
जबज ब्राण्ड हो, छाड्न सकिँदैनः एमाले
यसैबीच,एमालेले भन्दै आएको जबज एक प्रकारको‘ब्राण्ड’ बनिसकेकाले देशैभरिका एमालेले यसलाई छाड्न नसक्ने नेताहरुले बताएका छन् । तर, आगामी महाधिवेशनसम्म यसबारे छलफल गर्न र जबजको नाम परिमार्जन गर्न सकिनेमा भने एमाले नेताहरु कन्भिन्स भएकाले पार्टी एकतालाई असर नगर्ने दुबै पक्षमा समान बुझाइ रहेको एमाले नेताको दाबी छ ।
त्यसैगरी आगामी महाधिवेशनसम्म कसैलाई माओवाद र एक्काइशौं शताब्दीको जनवादका बारेमा बहस गर्न मन भएमा त्यस्तो बहसलाई पनि खुल्ला गर्न सकिनेमा एमाले नेताहरु तयार भएको स्रोतले बताएको छ । तर, जनताको बहुदलीय जनवादको सारमा माओवादी असहमत नरहेकाले यसको सारलाई खिचेर नयाँ डकुमेन्ट तयार पार्ने सहमति दुबै पक्षका नेताहरुवीच भइसकेको छलफलमा सहभागी नेताको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed