![]()
काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार ठोस वार्ता हुने भनिएपनि त्यो दालभातमा मात्रै सिमित भएको छ ।
केही दिनदेखि लगातार ‘वान टु वान’ वार्तामा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आइतबार एकसाथ खाना खाए । पाँच घण्टा वार्ता गरे, तर सहमति जुटेन । साढे पाँच घण्टासम्म एकताबारे छलफलपछि फेरी अर्को भेट गर्ने भन्दै उहाँहरु छुटिट्टनुभयो । पार्टी एकतालाई मूर्तरुप दिन उहाँहरु दाहाल निकट मानिने व्यवसायी दूर्गा प्रसाईंको निवास भक्तपुरको ठिमी पुग्नु भएको थियो ।
सादा नेपाली खाना सहित ओली र दाहाल विहान ११ बजेदेखि साढे तीन बजेसम्म छलफलमा जुटेपनि सहमति हुन सकेन ।
ओली र दाहाल ठोष निश्कर्षमा नपुगेसम्म एकताका अन्य विषयमा छलफल नहुने निश्चित जस्तै छ । एकताका लागि खासगरी एमाले र माओवादीले आआफ्नै पुरानै सिद्धान्तलाई एकीकृत पार्टीको मार्ग्निर्देशक सिद्धान्त बनाउने अडान लिएपछि समझदारी टाढिएको हो ।


