![]()
झापा । झापाको चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ । हुस्सु र कुहिरोका कारण बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि यो प्रविधि जडान गरिएको हो । यो प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलले जनाएको छ ।
आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।
यसअघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो । यसका लागि पाँचदेखि छ किलोमिटरको भिजिबिलिटी जरुरी पर्दथ्यो ।
आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।


