![]()
एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्धको ६ वन डे सिरिजम ५–१ ले जितेको छ । अन्तिम वन डे म्याचमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारतले सिरिज कब्जा गरेको हो ।
भारतले २०५ रनको लक्ष्य कप्तान बिराट कोहलीको शतकको मद्दतले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै पूरा गरेको थियो । कोहलीले अविजित १२९ रन बनाए । उनले १९ चौका र २ छक्का प्रहार गरे । एक दिवसीय क्रिकेटमा कोहलीको यो ३५ औं शतक हो । उनी म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज पनि घोषित भए ।
कोहलीका साथै अजिक्य रहाणेले अविजित ३४ रनको पारी खेले । शिखर धवन र रोहित शर्माले क्रमशः १८ र १५ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २०४ रन बनाएको थियो । अफ्रिकाका लागि खाया जोडोले ५४, कप्तान मार्करमले २४, एबीडिभिलियर्सले ३०, हेनरी केल्सनले २२ र हासिम अमलाले १० रन बनाए
भारतको तर्फबाट सबैभन्दा धेरै शार्दुल ठाकुरले चार विकेट लिए । टेस्ट र वनडे सिरिजपछि अब भारतीय टिमले दक्षिण अफ्रिकाविरुद्ध तीन टी–ट्वान्टी म्याच खेल्ने छ ।


