![]()
सोलु,फागुन ।
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको छ । बुधबार पनि हिउँ परेको छ । हिमपातसँगैको वर्षाले जनजीवन कस्टकर बने पनि स्थानीयवासी भने हर्षित छन् ।
लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ । बुधबार दिउँसो करिब १ः३० बजेदेखि करिब ४ घण्टा हिमपात भएको स्थानीयवासी जानकारी दिए ।
त्यस क्षेत्रमा करिब दुई फिटसम्म हिउँ झरेको बताइएको छ । हिउँ खेल्नेहरुको भीड लागेको छ । जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य वर्षा भए पनि चिसो भने बढेको छ ।


