![]()
अस्मी कोइराला
झुपक्क निदाएको मात्र के थिए….message को सानो tone ले नै ब्युझिए ..बिहानै college जानू पर्ने, alarm लगाएकोले मोबाइल silent मा नराखी सुतेको थिए । यति राती message??…. लामो सास फेरे … कुनै असुभ समाचार सुन्न नपरोस भनी प्राथना गरे। उत्सुकता र डरका साथ सिरानी छेउमा राखेको mobile हेरे ,,, 12:32 बजेको रहेछ ।नयाँ नम्बर बाट रहेछ…message खोले “Happy Valentine Day dear” सहित तीन वटा heart shape emo 

रहेछ। आङ जुरुङ भयो… तातो सिरक भित्रै शरीर भरी काडा उम्रीयो ।
ओहो… मेरो जिन्दगीले पार गरेको २२औ शिशिर याम सम्म बसन्तमा झै हराभरा, सुन्दर शुभकामना यो भन्दा पहिले आएको थिएन । मनमा भावनाहरुले दौड लगाउन थाले..कस्ले गरेको रहेछ भनी उत्सुकताको पहाड बन्यो। नचिनेका नम्बरलाई वास्ता नगर्ने भएकोले reply गरेर को हो भनेर सोध्न जरुरी ठानिन । मनको एक भागमा बहार छाए जस्तो…उठेर नाचु नाछु जस्तो भयो… अर्को पट्टि , मलाइ यस्तो message पठाउने कस्को आट?? चिन्नु न जान्नु…. रिस उठे जस्तो भयो। फोन गरेर गाली गरौं ?? प्रश्न गरे आफैलाइ … फेरि सोचे अह… response त म बाट हुदैन ।
हैट… एउटा म्यासेजको बारेमा कति सोचेको होला… इग्नोर गर्न खोजेपनी भइरहेको थिएन। नाचु नाचु लाग्ने भावना र नाटकिय ढंगले उठेको रिसे चेतना बीच घम्सा- घम्सी पर्दा पर्दै निदाएछु। Alarm ले उठायो । उठ्दा पनि रातीको म्यासेजको ह्याङ ओभर नमेटीएको महसुस भयो। Fresh भएर कलेज हिडे। Headphone लगाएर गित सुन्दै हिंड्दै थिए ..फोनको रिङ बज्यो, हेरे , त्यही म्यासेज आएको नम्बर बाट रहेछ…मन ढक्क फुल्यो …उठाउ कि नउठाउ भयो..खै के लागेर हो लामो रिङ पछि उठाएर बिस्तरै Hello भने
Hello को बोल्नु भाको???
झनक्क रिस उठ्यो , नयाँ नम्बर बाट कल,म्यासेज गर्ने अनि उल्टै को बोल्नु भयो भनेर सोध्ने,,जबाफ नै नदिइ
मैले पनि अलि ठुलो श्वर गरेर सोधे: हजुर चै को बोल्नु भको??
Sorry ल , हजुर दिदि हो कि बैनी हो.. मैले अर्कैलाइ पठाएको म्यासेज हजुरलाइ गएछ।
कलिलो मिठो श्वर सुनेर, मैले तुरुन्तै बैनी नै होउली भनेर जबाफ फर्काए।
उस्ले फेरि दोहोर्याइ, दिदी sorry, मैले म्यासेज पठाउन खोजेको नम्बर र हजुरको उस्तै उस्तै रहेछ,8 डायल गर्नु पर्ने 0 गरेछु अनि हजुरलाई पुगेछ, पछि थाहा पाए त्यही भएर Sorry भन्न कल गरे..उस्ले बिस्तार लगाइ।
ठिकै छ…. के बिगृयो त.. अलि ठुलि पल्टीदै जबाफ लगाए।
उस्ले अझ नरम बन्दै भनी.. त्यहि त दिदी बिगृने त के छ र,, Valentine Day त wish गरेको नि है??
मैले जबाफमा अ … मात्र फर्काए
उ फेरि बोल्दै गइ… Anyway Happy Valentine Day to you and your family है दिदी।
मैले Thankyou मात्र भने
ल दिदी मलाई ढिला भाकोछ, अहिले राखे ल भन्दै हतारमा बिदा भइ… सायद म जस्तै college जदैथी कि?
मैले तिमिलाइ पनि शुभकामना छ भनेर दुई शब्द खर्चिन सकिन किनभने उस्ले मेरो Valentine Day प्रतीको बुझाइ माथी प्रश्न उठाएकि थिइ । मेरो चेतनाको आगोमा पानी ख्यान्याएर , उस्का मिठा भावना पस्किएर गएकी थिइ। दुई प्रेमी – प्रेमिका को उत्सवको दिन भनी मात्र सिमित मेरो परिभाषाको गाठोलाइ फुकाएर , मेरो सम्पुर्ण परिवालाइ Valentine Day को शुभकामना दिन भ्याकी थिइ, लाग्दैथ्यो दशैको शुभकामना दिदिदैछे। उसले मायाको आकशमुनी रहेर शुभकामना दिई, मैले प्रेमको कुन्ठित अर्थले गर्दा उसलाई शुभकामना फर्काइन
फेरि सोचे, ओहो.. उ कति मज्जाले दिल खोलेर खुशी बाडेर बिदा भइ, मैले मनलाइ सुर्काना पारेर कसे र त तिमिलाइ पनि शुभकामना भन्न सकिन।
सायद माया र प्रेमको परिभाषा फरक भएर होला.. हाम्रो बुझाइ फरक पर्यो, दृष्टिकोण फरक पर्यो। आज माया गर्नेहरुको दिन हो या प्रेम गर्नेहरु को बुझ्न सकिन,,
माया र प्रेमको बिचको भिन्नता खास के रहेछ ..कसैसँग बुझ्ने सोच्दै थिए,, Good morning बैनी आवाजले झसङ्ग भए
ए कलेज पुगिसकेछु… बाटो कटेको थाहै पाइन
Good morning dai ,मैले फर्काए
के भयो बैनी आज सिरियस हुनुहुन्छ…कि Valentine Day कसरी मनाउने सोच्दै हो?? उनले अलि जिस्काउने पाराले भने(सधै मैले पहिले अभिबादन गर्ने पाले दाइलाइ … आज उनैले नै पहिले बोलाएर अभिबादन गरे)
हैन दाइ,मेरो लागि त ३६५ दिन नै Valentine Day..हरेक दिन मनाउछु म त ,, मैले पनि उस्तै जबाफ दिए।
त्यसो भए Happy valentine day है ,, हास्दै भने उन्ले
जबाफमा मुसुक्क हास्दै … आफ्नो class तर्फ लागे…र मन मनै भने same to you and Happy Valentine Day to all.
सायद Happy Valentine Day भनेर सबैलाइ शुभकामना व्यक्त गर्ने साहास मलाइ उनै फोन गर्ने बैनि दिइन।


