Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डेनमार्ककी महारानी मार्गरेटा द्वितीयाका श्रीमानको निधन

Loading

बीबीसी । डेनमार्ककी महारानी मार्गरेटा द्वितीयाका श्रीमान्को निधन भएको छ । ८३ वर्षीय राजकुमार हेनरिकलाई अन्तिम दिनहरू बिताउन अस्पतालबाट कोपेनहेगनस्थित फ्रेडेन्सबर्ग राजदरबारमा सारिएको थियो।

दरबारका एकजना प्रवक्ताले बताएअनुसार राजकुमार हेनरिकको देहान्त हुने बेलामा उनको छेउमा महारानी, युवराज फ्रेडेरिकसहित दुई छोरा उपस्थित थिए। अन्तर्रा्ष्ट्रिय ओलिम्पिक समितिका सदस्य समेत रहेका युवराज फ्रेडेरिक शीतकालीन ओलिम्पिक्समा सहभागी भएर दक्षिण कोरियाको प्युङ्चाङबाट फर्केका हुन्।

फोक्सोमा संक्रमण भएपछि राजकुमार हेनरिकलाई गत महिना अस्पताल भर्ना गरिएको थियो। गत वर्ष उनलाई बिर्सने रोग डिमेसियाको भएको पत्ता लागेको थियो। फ्रान्समा जन्मिएका हेनरिकको विवाह सन् १९६७ मा डेनमार्ककी राजसिंहासनकी उत्तराधिकारी राजकुमारी मार्गरेटासँग भएको थियो। मार्गरेटा सन् १९७२ मा महारानी बनिन्। तर आफूलाई महाराजको साटो राजकुमारको उपाधिमै सीमित राखिएकोमा हेनरिकले आफ्नो असन्तुष्टि लुकाएनन्।

सन् २०१६ ’प्रिन्स कन्सोर्ट’ अर्थात् ’राजकुमार श्रीमान्’को उपाधि त्याग्दै राजकुमार हेनरिकले औपचारिक दायित्वबाट अवकाश लिए। तत्पश्चात् अधिकांश समय उनी फ्रान्सस्थित निजी अंगुरको बगैँचामा बस्दथे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.