Breaking News.... EverestOnlineKhabar
June 27, 2026

विश्व क्रिकेट लिग डिभिजन टूः नेपाललार्इ क्यानडाविरुद्धको खेल जित्नै पर्ने दवाव

Loading

काठमाडौ,फागुन ।
नेपालले विश्व क्रिकेट लिग डिभिजन टू को निर्णायक खेलमा बुधबार क्यानडासँग खेल्दैछ । एक दिवसीय विश्वकप छनौटमा स्थान बनाउनका लागि नेपालले बुधबार क्यानडालाई पराजित गर्नुपर्ने दवाव छ ।  खेल नेपाली समयअनुसार सवा १ बजे हुँदैछ । शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले क्यानडालाई हराउनै पर्ने दवाव बढेको हो ।
मंगलबार भएको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोस्रो स्थानमा उक्लिएपछि नेपाल तेस्रोमा झरेको छ । समान ४ खेल खेल्दै ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छ । नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएई मध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । बुधबार खेल जित्न नसके नेपाल डिभिजन टू मै रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.