Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अमेरिकी ड्रोन आक्रमणबाट पाकिस्तानमा तालिवानका बरिष्ठ नेता मारिए

Loading

एजेन्सी,फागुन ।
अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ ।अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक–इ–तालिवान पाकिस्तान (टीटीपी) का उपनेता खालिद मेहसुदको मृत्यु भएको हो ।
टीटीपीका एक पवक्ताले पनि उपनेता मेहसुदको मृत्यु भएको पुष्टि गरेका छन् । मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवानलाई थप कमजोर बनाएको छ । टीटीपी दर्जनौं आत्मघाती र अन्य आक्रमणमा संलग्न रहँदै आएको छ । उनकै कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।
मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.