Breaking News.... EverestOnlineKhabar
June 26, 2026

साइबर हमलाको शिकार बन्यो प्योङछाङ ओलम्पिक….

Loading

एजेन्सी,माघ ।
प्योङछाङ शीतकालीन ओलम्पिकका आयोजकहरुले शुक्रबार खेलको सुरुवातमै साइबर हमलाको शिकार भएको जानकारी दिएको रोयटर्सले बताएको छ । उनीहरुले यो खबर पक्का भएको बताएपनि स्रोतबारे भने कुनै जानकारी सार्वजानिक नगराइने बताएका छन् ।
खेलको सीस्टम लगायत इन्टरनेट र टेलिभिजन सेवाहरु समेत शुक्रबारको साइबर हमलाका कारण प्रभावित भएको आयोजकहरुले खुलासा गरेका हुन् । तर पनि खेल सञ्चालनको कुनैपनि महत्वपूर्ण अंशसँग आफूहरुले सम्झौता नगरेको र साइबर सुरक्षाप्रति विशेष सावधानी अपनाइरहेको आयोजक टोलीले बताएको हो ।
अन्तराष्ट्रिय ओलम्पिक समिति, आइओसीका प्रवक्ता मार्क एडम्सले यसबारे थप कुनै जानकारी नदिइने र समस्याको समाधान भइरहेको बताएका हुन् । यस हमलाका पछाडि कस्को हात हुन सक्ने भन्ने प्रश्नमा उनीहरुले अन्तराष्ट्रिय समुदायको नियम अनुसार अपराधीको जानकारी दिन नमिल्ने र आफूहरुलाई पनि यसबारे अहिले थाहा नभएको बताए ।
शीतकालिन ओलम्पिक उत्तर कोरियाली सीमाबाट जम्मा ८० किलोमिटरको दुरीमा भइरहेको छ जहाँ अझै पनि युद्धको जोखिमका कारण भारी सुरक्षाकर्मीहरु खटाइएको छ ।
यता उत्तर कोरियासँगको तानवपूर्ण सम्बन्ध अन्त्य गराउन दक्षिण कोरियाले ओलम्पिक कार्यक्रमको सहायता लिइरहेको छ जसकारण खेललाई शान्तिपूर्ण ढङ्गले अन्त्य गर्न दक्षिण कोरियामाथि अत्यन्तै ठूलो दबाब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.