Breaking News.... EverestOnlineKhabar
June 26, 2026

निर्वाचन सकिएलगत्तै मतगणना सुरु, बिहीबार बिहानसम्म सबै परिणाम

Loading

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन सकिएलगत्तै मतगणना प्रारम्भ गरी बिहीबार बिहान सम्ममा सबै परिणाम घोषणा गरिसक्ने जनाएको छ ।

६ वटा प्रदेशमा ३२ सिटका लागि ५२ जना मात्र प्रतिष्पर्धामा रहेकाले गणना र परिणाम निकाल्नमा कुनै समस्या नहुने आयोगले स्पष्ट पारेको छ । आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार सबै क्षेत्रमा उत्साहजनक रुपमा शत प्रतिशत मतदान भएको छ ।

राष्ट्रियसभाको परिणाम आउनेबित्तिकै प्रतिनिधिसभामा समानुपातिकतर्फको नामहरु तीन दिनभित्र आयोगमा पठाउन बिहीबार नै पत्राचार गरिने छ । आयोगले ढिलोमा फागुन ५ गतेभित्र अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने छ ।

आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.