Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रिमियर लिगमा चेल्सीलाई धक्का, वाटफोर्डसंग ४–१ ले पराजित

Loading

एजेन्सी । इङ्लीस प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४–१ ले पराजित भएको छ।
टिमोएउ बाकायोकोले ३०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा झरेको चेल्सीले अन्तिम ६ मिनेटमा ३ गोल बेहोरेको हो । ट्रोए डिनेले ४२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोली वाटफोर्डलाई पहिले अग्रता दिलाएका थिए।

चेल्सीका लागि ८२औँ मिनेटमा एडेन हाजार्डले बराबरी गोल फर्काए । तर वाटफोर्डले त्यसपछि ३ गोल थप्दै जित हात र्पायो।
वाटफोर्डका लागि ८४औँ मनेटमा डाएल जनमातले गोल गर्दै २–१ को अग्रता दिलाए । त्यसपछि ८८औँ मिनेटमा जेरार्ड डेउलोफेउ र इन्जुरी टाइमको पहिलो मिनेटमा रोवर्ट पाएराले गोल गरे।

हारपछि २६ खेलबाट ५० अंक रहेको चेल्सी चौथो स्थानमा यथावत छ। उता २६ खेलबाट ३० अंक जोडेको वाटफोर्ड ११औँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.