Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अमेरिकाद्वारा विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण

Loading

एजेन्सी,माघ ।
अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको अमेरिकाले जनाएको हो । यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो ।

अहिलेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार बहन गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्पेक्स एक्सका सिइओले पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता पाएकामा अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको जानकारी दिएका छन् । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.