Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बलात्कारका घटना बढेपछि संयुक्त राष्ट्रसंघ चिन्तित, पाकिस्तान र भारतमा यौन हिंसाका घटना हृदयविदारक

Loading

बीबीसी । बिश्वमा बलात्कारका घटना बढन थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । त्यसमा पनि भारत र पाकिस्तानमा भैरहेका बलात्कार घटना हृदयविदारक भएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले भारत र पाकिस्तानमा हालसालै बालिकाहरुमाथि भएका यौन हिंसाका घटनाहरु हृदयविदारक भएको बताउँदै शिक्षा र महिला सशक्तीकरणको माध्यमबाट यी मुद्दामा ध्यान दिने बताएका छन । उनी भारत र पाकिस्तानमा हालसालै घटेका दुष्कर्मका घटनाहरुको बारेमा सोधिएको प्रश्नको जवाफ दिइरहेका थिए ।

नयाँ दिल्लीमा अघिल्लो हप्ता एक २८ वर्षे व्यक्तिले आफ्नो आठ महिने शिशु बहिनीलाई बलात्कार गरेका थिए ।

त्यस्तै पाकिस्तानमा अघिल्लो महिना एक सीरियल किलरले सात वर्षकी बालिकाको पाशवीक तरिकाबाट कुकर्म गरे पछि हत्या गरेका थिए । यो घटनालाई लिएर पाकिस्तानमा ठूलो विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.