Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ह्यारी केनको पेनाल्टी गोलले लिभरपुल जितबाट विमुख

Loading

एजेन्सी,माघ ।
इङ्गिलस प्रिमियर लिग फुटवलमा लिभरपुल टोटनह्यामसँग २–२ को बराबरीमा रोकिएको छ । लिभरपुलले २ पटक लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । तेस्रो मिनेटमै मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले ८० औं मिनेटसम्म १ शुन्यको अग्रता लिएको थियो ।
८० औं मिनेटमा टोटनह्यामका न्युयामाले बराबरी गोल फर्काए । खेलको इन्जुरी समयमा सलाहले नै गोल गर्दै फेरि लिभरपुललाई अग्रता दिलाए तर खेलको अन्तिम समयमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले टोटनह्यामलाई बराबरीमा पुर्याए ।
केनको प्रिमियर लिगमा यो एक सयौ गोल हो । केनले त्यसअघि पाएको पेनाल्टीमा भने गोल गर्न सकेका थिएनन् । केनको प्रहार लिभरपुलका गोल किपर लोरिस कारियसले बचाएका थिए । ५१ अंकसहित लिभरपुल अंक तालिकाको तेश्रो र २ अंक कम भएको टोटनह्याम चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.