Breaking News.... EverestOnlineKhabar
August 9, 2026

दक्षिण अफ्रिकी कप्तान ‘डुप्लेसिस’ ले भारतबिरुद्धका बाँकी म्याच गुमाउने

Loading

एजेन्सी । एकदिवसीय सिरीजको दोस्रो खेल अघिनै दक्षिण अफ्रिकी टिमलाई ठूलो झट्का लागेको छ । पहिलो खेलमा सतक बनाएका कप्तान फाप डुप्लेसिस औंलामा लागेको चोटका कारण अब बाँकी ५ खेल गुमाउने भएका छन्। त्यस्तै डुप्लेसिस तीन टी–२० सिरिजमा पनि टिममा हुने छैनन्।

डुप्लेसिस टिमबाट बाहिर भएसँगै टिमको कप्तानी कस्ले सम्हाल्ने भन्ने पनि तय भएको छैन। डुप्लेसिस टिमबाट बाहिर भएसँगै टिममा अलराउन्डर परहान बेहरदीनलाई टिममा बोलाइएको छ।

यसअघि स्टार ब्याट्सम्यान एबी डिविलियर्स पनि चोटका कारण पहिलो तीन खेल गुमाउन बाध्य भएका थिए। सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकन ब्याटसम्यान निरीह देखिएका थिए। कप्तान डुप्लेसिसबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेका थिएनन । डुप्लेसिसले भने दक्षिण अफ्रिकाका लागि पहिलो खेलमा १ सय २२ रनको सतकीय पारी खेल्दै टिमलाई समानजनक स्कोरमा पुर्याएका थिए।

यसअघि भएको टेस्ट सिरीजमा दक्षिण अफ्रिकाले भारतलाई २–१ ले पराजित गर्दे सिरिज कब्जा गरेको थियो। सिरीजको दोस्रो एकदिवसीय खेल सेन्चुरीयनमा आइतबार हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed