![]()
काश्की । पोखरामा आइतबारबाट पहिलो एसियन प्याराग्लाइडिङ टुर हुने भएको छ । टुरको पहिलो दिन नै खुला प्याराग्लाइडिङ प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा २२ देशका १ सय ५० जना पाइलट सहभागी हुनेछन । प्रतियोगितामा १० जना महिलासहित १ सय ९ जनाले नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी एवं टिम ईभेन्टमा विजेतालाई ट्रफिको साथमा पुरस्कृत गरिने भएको छ । पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १७ वर्षदेखि हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिता गर्न ५६ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विभिन्न ५ इभेन्टमा गरिने प्रतियोगिता पोखराको सराङकोटबाट सुरु हुने छ ।


