Breaking News.... EverestOnlineKhabar
August 9, 2026

रूसको प्रतिकार गर्न अमेरिकाले परमाणविक अस्त्र विविधिकरण र साना आणविक बम बनाउने

Loading

बीबीसी । अमेरिकी सेनाले रुसको प्रतिकार गर्न अमेरिकी परमाणविक अस्त्र विविधिकरण गर्ने र नयाँ साना आणविक बमहरु विकास गर्ने प्रस्ताव गरेको छ।

पछिल्लो धारणा ’न्यूक्लियर पोस्चर रिभ्यू ’एनपीआर’ भनिने पेन्टागनको योजना दस्तावेजमा सार्वजनिक गरिएको हो । ठूलो आकारका अमेरिकी परमाणु अस्त्र प्रयोगमा ल्याउन मुश्किल भन्ने मस्कोको धारणाप्रति अमेरिकी सेना गम्भीर भएको बताइएको छ ।
साना अस्त्रको निर्माणले मस्कोको धारणालाई चुनौती मिल्ने उसको तर्क छ । सानो आकारका कम शक्तिशाली बमहरु २० किलोटन भन्दा कम शक्तिका हुन्छन् तर पनि ती विध्वंशात्मक हुन्छन् ।

अमेरिकी उप रक्षा मन्त्री प्याट्रिक शनाहनले वाशिङटनमा सञ्चारकर्मीहरुसँग भने, “हाम्रो अस्त्र भण्डार अर्थहीन हुन दिन सक्दैनौं।“
सन् २०१० पछि अमेरिकी सेनाले पहिलोपटक भावी दिनमा परमाणविक अस्त्रको जोखिमबारे अवधारणा पत्र तयार पारेको छ । प्रस्तावित रणनीतिक कार्यले अहिले नै ठूलो मात्रामा रहेको अमेरिकाको अस्त्र बढाउने नभै विद्यमान ’वार हेड’हरुको पुनस्व्यवस्थापन गर्ने बताइएको छ।

त्यसो भएपनि आलोचकहरुले आणविक निशस्त्रीकरणको मर्मलाई ट्रम्प प्रशासनले चुनौती दिएको आरोप लगाएका छन् । उक्त दस्तावेजमा उत्तर कोरिया, चीन र इरानका परमाणु अस्त्र प्रति अमेरिकाको गम्भीर चासो रहेको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed