![]()
एजेन्सी,माघ ।
फ्रान्सको नकआउट फुटबल प्रतियोगिता फ्रेन्च लिग कपको उपाधीका लागि मोनाको र पेरिस सेन्ट जर्मन (पीएसजी) भिड्ने भएका छन् । गएराती भएको दोस्रो सेमिफाइनलमा मोन्टपिलरलाई २–० गोल अन्तरले हराउँदै मोनाकोले फाइनल यात्रा तय गरेको हो ।
यसअघि बुधबार राती भएको पहिलो सेमिफाइनलमा रिनलाई ३–२ गोल अन्तरले हराउँदै पिएसजी फाइनलमा पुगेको थियो ।
मोन्टपिलर विरुद्ध मोनाकोका स्टार स्ट्राइकर रामाडेल फाल्काओले दुवै गोल गरे । फाल्काओले खेलको १५ औं र २९ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा मोन्टपिलर खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।
मोनाको र पिएसजीबीचको फाइनल खेल आगामी मार्च ३१ तारिखमा हुनेछ । गएको संस्करणको फाइनलमा पनि यी दुवै टोली भिडेकोमा पिएसजी ४–१ गोलले विजयी हुँदै सातौं पटक प्रतियोगिताको उपाधी जितेको थियो ।


