Breaking News.... EverestOnlineKhabar
August 9, 2026

यू १९ क्रिकेट बिश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिडने

Loading

एजेन्सी । आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने भएका छन् । मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएपछि उपाधिका लागि अष्ट्रेलियासंगको भेट पक्का भएको हो ।

न्यूजील्याण्डको हग्ली ओभलमा भएको सेमिफाइनल खेलमा भारतले पाकिस्तानलाई २०४ रनको भारी अन्तरले पराजित गरेको हो । २७३ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको पाकिस्तानले खराब प्रदर्शन गर्दै ६९ रन मात्रै बनाउन सक्यो । पाकिस्तानलाई २९.३ ओभरमा अलआउट गर्दै भारत उपाधि नजिक पुगेको हो ।

पाकिस्तानका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । पाकिस्तानका रोहिल नाजिरले १८, साद खानले १५ र मुहम्मद मुसाले नटआउट ११ रन बनाएका थिए । पाकिस्तानलाई सस्तैमा समेट्नका लागि भारतका इसान पोरेलले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २७२ रन बनाएको थियो । भारतका लागि शुब्मान गिलले नटआउट १०२ रन बनाए ।

फाइनल खेल फेब्रुअरी ३ तारिखमा हँुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed