![]()
काठमाडौं । नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले सकभर सहमतिको प्रयास गर्ने नभए दलको चुनावबाट नेत ाचयन गरी मुख्यमन्त्री छनौट गर्ने निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’
वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन । मुख्यमन्त्रीका आकांक्षी धेरै भएको र पार्टीमा अध्यक्ष केपी ओली र माधव नेपाल दुई गुटको प्रभाव कायम रहेकाले मुख्यमन्त्रीका लागि चुनाव हुने लगभग निश्चित जस्तै देखिएको छ ।
प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्य्विधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने छ । प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ । ३ मा उपाध्यक्ष अष्टलग्मी शाक्य र राजेन्द्र पाण्डेले दाबी गरेका छन । प्रदेश ४ को पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् ।


